काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित हुने भएका छन् ।
नेपाल निकट एक कानुन व्यवसायीका अनुसार पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी उपस्थित हुन लागेका हुन् ।
पूर्वमन्त्री तथा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीका अनुसार अदालतको दैनिक मुद्दा सूची (कज लिस्ट) आउनासाथ नेपाललाई त्यहाँ लगिने बताए ।












