विराटनगर । विराटनगर महानगरले ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
यसपटक महानगरले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताएको छ।
आगामी आर्थिक वर्ष २०८२–८३ का लागि महानगरपालिकाको मंगलबार आयोजित १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र बजेट अनुमान प्रस्तुत गरेकी हुन्।
उनले नीति तथा कार्यक्रम र बजेटमार्फत महानगरको पूर्वाधार विकास र वडास्तरीय योजना कार्यान्वयनमा जोड दिइएको बताइन्।












