काठमाडाैं । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई कानूनबमोजिम बाहेक धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश ऋषि राजभण्डारीको इजलासले आज पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश दिएको हो ।
आफूमाथि जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले हिजो उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । यस्तै अदालतले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि आउँदो बिहीवार बोलाएको छ ।
पाठकले काठमाडाैंकाे हिल्टन होटल र नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाका छोरा जयवीरसिंहलाई जोडेर भिडियो सामग्री प्रस्तुत गरेपछि उनीविरुद्ध गएको जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।












