चितवन । राप्ती नदीमा माछा मार्ने क्रममा गैंडाको आक्रमणमा परी चितवनमा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा आइतबार बेलुकी ८ बजे माछा मार्न गएका स्थानीय ६० वर्षका जंगे कुमाललाई गैँडाले आक्रमण गरेको हो।
इलाका प्रहरी कार्यलय दिव्यनगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीका अनुसार गैँडाको आक्रमणबाट घाइते भएका कुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो ।
गैँडाले आक्रमण गर्दा उनको घुँडा र अनुहारमा गम्भीर चोट लागेको थियो।












