काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सहमतिलाई लिएर नेता अग्नि सापकोटाको मुद्दासँग साटेको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र त्यससँग सम्बन्धित भिजिट भिसा प्रकरणको विषय यही जेठ १३ गतेदेखि संसद्मा उठ्दै आएको छ । यो विषय संसद्मा प्रवेश गराउन प्रतिपक्षमा रहेका माओवादी केन्द्र, रास्वपा लगायतका दलहरूले भूमिका खेले ।
त्यसक्रममा माओवादी, रास्वपा लगायतका दलहरू सँगसँगै रहेको माओवादीका उपमहासचिव पुनले स्मरण गरेका हुन् ।
‘निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ’, पुनले भने, ‘अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ ।’
उनले केहीले भिजिट भिसा प्रकरणमा सहमति गर्नुमा माओवादी आफैले पनि गृह मन्त्रालय चलाएकाले तर्सिएको हो कि भनेर प्रश्न गरे पनि माओवादी नतर्सिएको दाबी गरे ।
‘होइन माओवादी तर्सिएको छैन । आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौ’, पुनले भने, ‘सरकार तयार भएको छ ।’












