नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका-२ सेहरीमा गएराति गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
राति पौने ९ बजेतिर बाटोमा हिडिरहेको अवस्थामा मध्यविन्दु-२ सेहरी निवासी ४५ वर्षीय रेशमलाल महतोलाई एक्कासी गैँडाले आक्रमण गरेको हो ।
गैँडाको आक्रमणबाट घाइते महतोलाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याइएको छ ।
उनको दुवै खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।












