चितवन । विगत दुई दशकदेखि शैक्षिक परामर्श दिँदै आएको केआईइसीले नारायणगढको लायन्सचोकमा शैक्षिक मेला गर्दै छ ।
संस्थाले आफ्नै कार्यालय परिषरमा भोलि (बिहिबार) एकदिने ‘रोड शो’ नामक शैक्षिक मेला गर्न लागेको हो ।
संस्थाले देशभरका शाखाहरुमा रोड शो गर्ने क्रममा नारायणगढ शाखामा बिहिबार रोड शो गर्न लागेको संस्थाका सञ्चालक अच्युतराज भट्टले जानकारी दिए ।
उनका अनुसार मेलामा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिमार्फत सिधै परामर्श लिन सक्नेछन् । मेलामा चितवन लगायत नवलपुर, हेटौंडा लगायतका छिमेकी जिल्लाबाट विद्यार्थी तथा अभिभावकको सहभागिता रहनेछ । मेलामा विद्यार्थीले अध्ययन गर्न जाने देशका भाषा, कलासंस्कृति , ऐन कानुन सम्बन्धी बारेमा जानकारी लिन सक्ने निर्देशक भट्टले जानकारी दिए ।
मेलामा सहभागी हुने विद्यार्थीका लागि लक्की ड्र मार्फत आइइएलटीएस, टोफल, पीटीई लगायतका भाषा कक्षाहरु निशुल्क हुने निर्देशक भट्टले बताए । यस्तै लक्की ड्र विजेताले जंगल सफारी, जीप सफारी, मौलाकालिका केबलकार तथा स्नुक्सबाट फुड भौचर प्राप्त गर्नेछन् ।
देशभर ठूला शहरका १६ वटा शाखा तथा देश बाहिर २ वटा शाखा सञ्चालनमा छन् ।
काठमाडौँको पुतलीसडकमा कर्पोरेट कार्यालय रहेको केआइइसीले जेठ २५ गते आइतबारदेखि देशका ११ वटा शहरमा पालैपालो केआइइसी रोडशो आयोजना गर्दै आएको छ ।
केआइइसी चितवनका संञ्चालक अच्युतराज भट्टका अनुसार चितवनका लागि नयाँ व्यवस्थापनका साथ लायन्सचोकबाट तीन साताअघि संस्थाले सेवा सुरु गरेको हो । अङग्रेजी भाषा बोलिने अमेरिका, अष्ट्रेलिया युके, क्यानडा, जर्मनी लगायतका देशहरुमा उच्चशिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भाषा कक्षा लगायतका सेवा दिँदै आएको छ ।












