चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगपरपालिका–२९ जुगेडी बजार नजिकै माइक्रोले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएक छन् ।
शुक्रबार बेलुका ४ बजेको समयमा मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा प्र०३–००१ ख २५३७ नम्बरको माइक्रोले ओभरट्याक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको बा प्र०६–००३ प ५७२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
माइक्रोले ठक्कर दिँदा स्कुटर चालक जुगेडी बस्ने वर्ष ६२ को धनबहादुर गुरुङ घाइते भई उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य छ ।
माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












