महोत्तरी । नेपाली कांग्रेसका नेता एवं सांसद एनपी साउँदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस महोत्तरीले शुक्रबार सदरमुकाम जलेश्वरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साउँदले वर्तमान सरकार दुईतिहाइको मजबुत भएपनि जनताले सोचेअनुसार काम गर्न नसकेको बताए ।
नेता साउदले देशमा जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसद्मार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्मअनुरुप हुने उल्लेख गरे ।
उनले पार्टीभित्रको सङ्गठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको समेत बताए ।












