चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा हावाहुरीले रुख ढाल्दा पार्किङ गरी राखिएका तीन वटा गाडी च्यापिएका छन् ।
आज साँझ ६ः१५ बजेको समयमा देवघाटस्थित बसपार्कमा पार्किङमा गरिराखेको ना ४ ख ६३७३ नम्बरको बस, बा प्र०३–००१ ह २०८२ नम्बरको अटो र ना ५३ प ६९३६ नम्बरको मोटरसाइकल पिपलको रुखले च्यापिएका हुन् ।
बसमा पूर्ण रुपमा क्षति पुगेको र अन्य दुई वटा सवारी साधनमा रुखको हाँगाले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । मानविय क्षति भने नभएको उनले बताए ।












