चितवन । चितवन मेडिकल कलेजको ल्याबले ‘ए’ वर्गको मान्यता पाएको छ । ल्याबले ‘ए’ वर्गको मान्यता पाउनेमा काठमाडौँ उपत्यका बाहिर पहिलो र मेडिकल कलेजहरुमध्ये देशभरमै पहिलो अस्पताल भएको सिएमसीले बताएको छ ।
ल्याबले ए वर्ग अर्थात् विशिष्ट श्रेणीको मान्यता पाएसँगै अब नेपालबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यता हटेको सिएमसीका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए । सरकारले सिएमसीको प्रयोगशालालाई असोज ३१ गते विशिष्ट श्रेणीको मान्यता दिएको हो । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि मापदण्ड २०७७ को पहिलो संशोधन २०७८ मा प्रयोगशाला सञ्चालन सम्बन्धि मापदण्ड उल्लेख छ ।
सिएमसीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो ल्याबले विशिष्ट श्रेणीको मान्यता पाएको जानकारी गराएको हो । स्वास्थ्य संस्थाका प्रयोगशालालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ए देखि ई वर्गसम्ममा वर्गिकरण गर्छ ।
![]()

![]()











