चितवन। तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूलमालाको कारोबार गर्नेलाई कारबाही हुने भएको छ । तिहारमा फूलमालाको अत्याधिक आवश्यक पर्नेहुँदा सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ ।
प्लास्टिक जन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने भन्दै वन तथा वातावरण मन्त्रालयले सचेत गराएको छ।
गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।
नियम विपरित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।











