चितवन । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चितवनमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमुना मतदान गरिएको हो । नमुना मतपत्रमा नमुना निर्वाचन चिह्न राखेर नमुना मतदान गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले संयुक्त रुपमा मतदान गरेर नमुना मतदानको शुभारम्भ गरेका थिए । पहिलो हुने निर्वाचन प्रकृया अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातीकतर्फ मतदान गरिएको हो ।
मतदानपछि प्रतिकृया दिदै मुख्य निर्वाचन अधिकृत थापाले वास्तविक मतदानका लागि समय कति लाग्छ र कति जटिलता हुन्छ भन्ने मापन गर्नका लागि नमुना मतदान गरिएको बताए ।




![]()
![]()
![]()











