चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मितिमा हराएका २६ थान मोबाइल फेला पारी मोबाइल धनीलाई बुझाएको छ । कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै मोबाइल हराएको निवेदनको आधारमा खोजतलास गरि धनिलाई बुझाएको हो।
हराएका मोबाइलहरु चितवनसहित काठमाडौँ, पर्सा, नवलपरासी, कास्कीलगायतका जिल्लामा चलाइरहेको अवस्थामा फेला परेको प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मोबाइल धनिलाई बुझाएका मोबाइलहरु १४ हजारदेखि एक लाख २५ हजार रुपैयाँसम्म पर्ने खालका रहेको उनले बताए ।











