चितवन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी भारतमा उपचार गरेर स्वदेश आइपुगेका छन् । घरमा सिलिण्डर ग्यास विस्फोट भई गम्भिर घाइते भएका भण्डारी भारतमा लामो समय उपचार गरेपछि आज स्वदेश फर्किएका हुन् ।
त्रिभुवन विमानस्थलमा ओर्लिएर सञ्चारकर्मीसँग बोल्दै भण्डारीले कोहि पनि नेपाली विदेशमा उपचार गर्न जान नपर्ने वातावरण बताउन आफुले नेतृत्व गर्ने बताए । सिलिण्डर विस्फोटमा परेर आफ्नी आमाको मृत्यु भएको कुरा भर्खरै मात्र थाहा पाएको उनले बताए ।
‘मैले भर्खर मात्र थाहा पाए मेरो आमा हुनुहुँदैन भनेर। म बाचेर हजुरहरुकोमा आउन पाए । हजुरहरुको माया र आशिषले गर्दा। कोही नेपाली अब विदेश जान नपरोस् उपचारको लागि। नेपालमा नै सुविधासम्पन्न अस्पताल बनाउने निर्णय गरोस सरकारले । त्यसको नेतृत्व म आफै गर्ने छु’, भण्डारीले भने ।












