चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारले चार हजार बढी अयोग्य लडाकुलाई जनही दुई लाख रुपैयाँ बाड्ने तयारी गरेपछि त्यसको व्यापक विरोध भइरहेको छ ।
केहिबेर अघि सामाजिक सञ्जालमा लेख्दै कांग्रेस महामन्त्री थापाले राज्यकोषमा स्रोतको व्यापक दबाब परेको बेला राज्यकोषबाटै ठूलो रकम बाँड्न खोज्नु गलत भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
‘यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस्’, उनले लेखेका छन् ।












