काठमाडौं । भारतबाट जोगी र माग्नेको भेषमा नेपाल आएर बच्चा चोरी गरेको घटना भ्रामक रहेको नेपाल साइबर ब्युरोले जनाएको छ ।
सामाजिक सञ्जालमा फैलाइएका बच्चा चोरी सम्बन्धि भ्रामक समाचार अहिलेसम्म देशभरका कुनैपनि प्रहरी कार्यालयमा उजुरी नभएकोले भ्रामक प्रचारमा विश्वास नगर्न साइबर ब्युरोले आग्रह गरेको छ ।
यस्ता किसिमका घटनालाई सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने जो कोहिलाई नेपालको प्रचलित ऐन, कानुन बमोजिम कानुनी कारबाही गर्ने साइबर ब्युरोले चेतावनी दिएको छ ।
मानव अंग तस्करी सम्बन्धी जुनसुकै घटनाको सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न समेत ब्युरोले आग्रह गरेको छ ।












