चितवन । नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म सौराहामा हुने भएको छ। महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो।
अधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन्। महाधिवेशनमा सबै जिल्ला र प्रदेशका गरी ६०० प्रतिनिधि एवम् पर्यवेक्षकहरु सहभागी हुने नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिए।
महाधिवेशनमा आउने अतिथिलाई स्वागत एवम् बसोबासको व्यवस्था फोटो पत्रकार महासंघको जिल्ला कमिटी चितवनले मिलाउने महाधिवेशन मुल आयोजक समितिका सह–संयोजक कोमलचन्द्र भगतले बताए।











