चितवन । कृष्णराज भट्टको शब्द तथा स्वर रहेको म्युजिक भिडियो ‘लुकीलुकी’ सार्वजनिक भएको छ । भट्टको स्वरमा रश्मी विश्वकर्माले साथ दिएकी छन् । म्युजिक भिडियोको आभास रानाले निर्देशन एवं सम्पादन गरेका हुन् ।
भिडियोमा कलाकारहरु दिपा पाठक, पवन श्रेष्ठ र बुद्धिमान गुरुङ लगायतले अभिनय गरेका छन् । पाठक र श्रेष्ठ दुवै चितवनबासी हुन् । पप म्युजिक भिडियोमा युवा युवतीले लुकीलुकी गर्नुपरेको प्रेम सम्बन्धलाई देखाइएको छ ।
उक्त म्युजिक भिडियोको सुटिङ चितवनको शिवघाट र देवघाटमा गरिएको हो । करिब चार मिनेटको उक्त भिडियोको एरेन्ज विशाल पौडेलले गरेका हुन् । निर्देशक रानाले हालसम्म करिब डेढ सय म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।











