चितवन । चितवन क्षेत्र नं २ मा मतदान जारी छ । दिउँसोको चर्को घामका बीच मतदाताहरु मत हाल्न मतदान स्थल पुगेका छन् ।
समाचार तयार पार्दासम्म ४२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।
नयाँ किरण माविमा रोकिएको मतदान सुरु गर्ने तयारी भइरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको चितवन २ का उम्मेदवार रवि लामिछाने मतदान स्थलको निरीक्षणका क्रममा नयाँ किरण मावि पुग्दा नाराबाजी भएपछि मतदान केहि बेर रोकिएको हो ।
चितवन २ मा ४३ वटा मतदान स्थल र १३८ वटा मतदान केन्द्र रहेका छन् । एक लाख २४ हजार ६९५ मतदाता रहेको यस क्षेत्रमा भरतपुर महानगरका १० वता वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् ।

फोटोः सुनिता सुवेदी/ शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार

फोटोः सुनिता सुवेदी/शब्द सञ्चार