चितवन । नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयको मतदान पुनः सुरु गर्न सर्वदलीय बैठक बस्दै छ ।
सहायक निर्वाचन निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार बैठकपछि पुनः मतदान सूचारु गर्ने तयारी भइरहेको छ।
जटिल समस्या नभएकाले केही बेरमा नै मतदान सुरु हुने आचार्यले जानकारी दिए। सो मतदान स्थलमा सुरक्षा घेरा बढाइएको छ ।
बाक्लो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ ।
यो मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको थियो । मतदान केन्द्रमा रास्वपाका उम्मेदवार रवि लामिछानेसहित उनका कार्यकर्ताहरू नाराबाजी गर्दै प्रवेश गरेपछि गठबन्धन र एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।











