काठमाडौँ । आकस्मिक मौसम बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित हुन पुगेको छ ।
शुक्रबार दिउँसो २ बजेदेखि शुरु भएको मौसम अदलिबदली सहितको हावा हुरीका कारण लगभग ३० मिनेट हवाई उडान अवतरण प्रभावित हुन पुगेको त्रिभूवन विमानस्थलले जनाएको छ । तर अहिले वातावरण सहज भएसँगै स्थिति सामान्य बनेको विमानस्थलले जानकारी दिएको छ ।
खराब मौसमकाबीच ३० मिनेट उडान अवतरण दोहाबाट आएको कतार एयरवेज र दिल्लीबाट आएको एयर भिस्टारा विमान केही मिनेट आकाशमै होल्ड गर्नुपरेको विमानस्थल सूचना विभागले जानकारी दिएको छ । । अन्य उडानहरु भने प्रभावित नभएको विमानस्थलको भनाइ छ ।












