काठमाडौं। विगत दुई सातादेखि उठ्न नसकेको सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्च अदालतले आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर उठाउन आदेश दिएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १४ बुँदा लेखेर सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए।
यसका विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।












