भरतपुर। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध एउटा वेनामे उजुरी परेको छ । चितवन–२ मा हुन लागेको उपनिर्वाचनका सन्दर्भमा उक्त उजुरी परेको हो।
बैशाख ६ गते एउटा वेनामे उजुरी परेको आचारसंहिता अनुगमन समितिका जिल्ला संयोजक मणिभन्द्र न्यौपानेले बताए ।
सामाजिक संजालमा अपशब्द प्रयोग गरेर गालीगलौच गरेको र कालिका नगरपालिका–१ मा घण्टीको ठूलो फोटो बनाएको भनी उजुरी परेको संयोजक न्यौपानेले जानकारी दिए । उजुरी उपर अनुगमनका लागि फिल्डमा जाने तयारी भएको उनले बताए।











