चितवन । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
सर्लाहीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना.५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे पाँच बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए ।
घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङ रहेको पण्डितले जानकारी दिएका छन् ।
दुवैजनाको हातमा मध्यम चोट लागेकोले स्थानिय मेडिकल मुग्लिनमा उपचार भइरहेको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।











