काठमाडौँ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार १ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ। म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुने छ ।












