चितवन । वन तथा वातावरण मन्त्रालयले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।
वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरेको मन्त्रालय सचिव पेम नारायण कंडेलले जानकारी दिए ।
मन्त्रालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै प्लाष्टिकमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको हो











