काठमाडौं । सरकारले भारतबाट जिटुजी (सरकार–सरकार) मार्फत ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सहमति दिएको छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल जिटुजीमार्फत खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सुस्मित पोखरेलले जानकारी दिए।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न भारतसँग जिटुजीमार्फत एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन मल खरिदका लागि पत्राचार गरेको थियो।
सोही अनुसार कृषि सामग्री कम्पनी लिमिटेडलाई पहिलो चरणमा ८० हजार मेट्रिक मल ल्याउन सैद्धान्तिक सहमति दिएको हो।
पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारणले मलको आपूर्ति नियमित हुन नसकेकाले धानबालीलाई मलको आपूर्ति सहज बनाउन मन्त्रालयले भारतबाट जिटुजीमार्फत मल ल्याउन लागेको हो।











