काठमाडौँ । राहादानी छपाइसम्बन्धी कार्यमा अनियमितता कसूरमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितका व्यक्तिहरूमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप भएको छ।
विशेष अदालतले उनीसहित सुनिलकुमार केसी, तुल्सीप्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रोपटक पाँच दिन म्याद थप गरेको हो।
अदालत प्रशासनका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले म्याद थप गरिएको हो।










