चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित भित्रि सडक खण्डमा फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको कृषि एम्बुलेन्स दुर्घटनामा परेको छ ।
गाउँपालिकाले कृषि एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएको बागमती प्रदेश०१–००२ झ ६६६२ नम्बरको बलेरो सडकबाट करिब ५०० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएको प्रहरीले बताएको छ ।
चार जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । त्यस्तै, एक जनाको मध्यम र दुई जना सामान्य रहेको उनले बताए ।
घाइतेहरुको उपचारको लागि भरतपुरतर्फ पठाइएको छ ।












