काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
आज बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ।
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ।












