चितवन । भरतपुर महानगरपालिका वडा नं ४ र ५ का विभिन्न स्थानमा विद्युत अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत बसेनी सबस्टेशनबाट सञ्चालित ११ केभीको भृकुटी फिडरमा फल्ट देखिएकोले विद्युत अवरुद्ध भएको बताइएको छ ।
त्रिचोक, पेन्सन क्याम्प, विकाश चोक, टाइगर चोक लगायतका क्षेत्रमा करिब दुई घण्टा विद्युत अवरुद्ध हुने भरतपुर वितरण केन्द्रले बताएको छ ।
फल्ट पत्ता लगाउने प्रयास भइरहेको र सो मर्मत पश्चात मात्रै विद्युत आपूर्ती सुचारु हुने केन्द्रले जानकारी दिएको छ ।












