चितवन । नारायणगढ–मुग्लिन सडकको चौधकिलो भन्ने स्थानमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।
सोमबार बेलुका ४ः४० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश२–०३–००१ ख १३६६ नम्बरको तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश०३–००२ प ३८२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्यांकरको ठक्करबाट मोटरसाइकल चालक भरतपुर महानगरपालिका–११ बस्ने वर्ष ३३ को सागर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
मोटरसाइकलमा सवार भरतपुर–१४ घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने वर्ष ४७ को कबिराज बिश्वकर्मा गम्भी घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।
ट्याङकर चालक तनहुँ बन्दीपुर गाउँपालिका–१ बस्ने वर्ष ३५ को प्रेम बहादुर थापा मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।












