चितवन । हेल्थ हसिस्टेण्ट कार्यक्रम संचालन गरेको पहिलो ब्याचमै बालकुमारी कलेज उत्कृष्ट भएको छ ।
नारायणगढ मा रहेकको पब्लिक कलेज बालकुमारीमा उत्तिर्ण प्रतिशतको आधारमा बाग्मती प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । बागमती प्रदेशका सिटिइभिटिबाट सम्बन्धन पाएका ३६ वटा कलेज मध्ये बालकुमारी कलेज दोस्रो भएको हो । कलेजले २०८०/८१ बाट स्वास्थ्य संकाय अन्तर्गत एचएको पढाई सुरु गरेको हो ।
चितवन जिल्लामा बालकुमारी दोस्रो भएको छ । हालै प्रकाशित नतिजा अनुसार बालकुमारी कलेजमा ७७.७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । एचएको परिक्षाफलमा कलेजको व्यवस्थापन, अनुभवि शिक्षक र सुविधासम्पन्न प्रयोगशालाको कारण नतिजा राम्रो आएको स्वास्थ्य संकायका प्रमुख अभयकुमार पण्डितले बताए ।
चितवनको पुरानो सामुदायिक कलेज भएपनि एचएमा भर्खरै पढाई सुरु गरेपछि पाएको सफलताले उत्साह जगाएको कलेजका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए ।
गुणस्तरीय पढाई भएकै कारण धेरै विद्यार्थी उत्तिर्ण भएको कलेजको दावी छ । कलेजका प्रिन्सिपल जगदीश्यवर खनालले एसईई दिएका विद्यार्थीको रोजाई बालकुमारी रहेको बताउँदै अन्यज भन्दा सस्तोमा पढाई भएको बताए ।












