काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले जानकारी दिए । उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।












