चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ ।
महानगरको आज भएको १७औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १४ करोड चार लाख, जनसहभागीता÷श्रमदानबाट पाँच करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।












