चितवन । राप्ती नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बस र इभी गाडी (माइक्रो बस) आपसमा ठोक्किँदा मृत्यु भएको थप एक जना महिलाको सनाखत भएको छ ।
मृतक महिला लमजुङ बेसिशहर नगरपालिका–३ घरभई हाल भरतपुर महानगरपालिका–६ चोक बजार डेरा गरी बस्ने वर्ष ३१ की पूर्ण कुमारी खड्का भएको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । मृतककी दिदि हिरा खत्रीले शवको पहिचान गरेको खनालले बताए ।
उक्त दुर्घटनामा एक गर्भवतीसहित सात जनाको मृत्यु भएको थियो । अन्य छ जनाको हिजो नै सनाखत भएको हो ।
दुर्घटनामा परी घाइते भएका छ जनाको उपचार भइरहेको छ । इभीमा सवार चार जनाको एलाइभ अस्पतालमा र बसमा सवार दुई जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।












