काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आइतबार पनि वेल घेराउ र नाराबाजी गरेको छ।
प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाले उठेर विरोध जनाएको थियो।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको सांसद असिम साहलाई बोल्न दिए। सांसद साहले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरे।












