विराटनर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्मालाई आफूले पार्टी छोडन् नभनेको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको ? भन्ने पत्रकारहरूको प्रश्नमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो।’
पार्टीभित्र विधि र पद्धतिको कुरा कुरा जोडतोडले उठाउँदै आएका शर्मासँग प्रचण्डको सम्बन्ध सुमधुर छैन। आफूलाई चुनौती दिइरहेका कारण उनी जनार्दनसँग रुष्ट छन्।












