चितवन । भरतपुर महानगरपालिका–१५ कुइँकेल चोकमा रोकिराखेको ट्याक्टरमा ठोक्किएर स्कुटर चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ ८ बजेको समयमा मंगलपुरबाट कुइकेल चोकतर्फ जाँदै गरेको ना २७ प ७५८२ नम्बरको स्कुटर पार्किङ गरी रोकीराखेको ना ७ प ३७९१ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।
ट्याक्टरमा ठोक्किएर गम्भीर घाइते भएकी स्कुटर चालक भरतपुर–१५ बस्ने वर्ष २० की सुस्मा पाण्डेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ः१६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय फुलबारीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्कुटर चालक पाण्डेसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन । प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।












