चितवन । मोटरसाइकल देखेर तर्सिएको भैंसीको पाडो तान्ने क्रममा उछिट्टिएर मोटरसाइकलमा ठोक्किदा पूर्वी चितवनको राप्तीमा तीन जना व्यक्ति घाइते भएका छन् ।
मंगलबार बिहान साढे ६ बजेको समयमा राप्ती–४ डडुवाचोक भण्डाराबाट डडुवातर्फ आउँदै गरेको ना २६ प ५९५४ नम्बरको मोटरसाइकल देखेर भैंसीको पाडो तर्सिदा पाडो तान्ने क्रममा दुई जना व्यक्ति उछिट्टिएर मोटरसाइकलमा ठोक्किएका थिए ।
पाडो तान्नेहरु राप्ती नगरपालिका–६ बस्ने वर्ष ६० को जेठा प्रजा, राप्ती–४ बस्ने वर्ष ६७ को पिजा कँडेल र मोटरसाइकल पछाडि सवार जिल्ला बारा महागढीमाई नगरपालिका–११ बस्ने वर्ष ५० की तिलमाया विक घाइते भएको प्रहरीले बताएको छ ।
रहेका छन् । उनको मुख, हात र खुट्टामा चोट लागेको छ । अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
पाडो तान्ने प्रजा र मोटरसाइकल पडाछि सवार विक मध्यम घाइते भएको र उनीहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । पाडो तान्दा घाइते भएका कँडेल भने सामान्य घाइते भएको प्रहरीले बताएको छ ।












