चितवन । भरतपुर महानगरपालिका–९ गोन्द्राङ चोकमा पैदलयात्रीलाई ठक्कर दिँदा पल्टिएर गम्भीर घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ घर भइ हाल भरतपुर–१० बस्ने वर्ष ६५ को नारायण कृष्ण पाठक रहेका छन् ।
वैशाख १४ गते साँझ ८ः२५ बजेको समयमा गोन्द्राङबाट भरतपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ०११४ नम्बरको स्कुटरले पैदलयात्री हेटौडा उपमहानगपरपालिका–१२ घर भइ हाल भरतपुर–९ गोन्द्राङस्थित कोक फ्याट्रीमा काम गर्ने वर्ष ३१ को राजेश गोलेलाई ठक्कर दिएको थियो । पैदलयात्री गोलेको अवस्था मध्यम थियो ।
पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक पाठकको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । उनको हिजो (मंगलबार) दिउँसो साढे २ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।












