चितवन । कालिका नगरपालिका–५ लालिगुँरास टोलमा स्कुटरले साइकललाई ठक्कर दिँदा मादक पदार्थ सेवन (मापसे) गरेका तीन जना घाइते भएका छन् ।
आइतबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गढुवा चोकतर्फ जाँदै गरेको ना ३१ प ४७४० नम्बरको स्कुटरले साईकललाई ठक्कर दिँदा स्कुटर चालकसहित तीन जना घाइते भएका हुन् । स्कुटर चालक र साइकलमा सवार दुई जना गरी तीनै जनाले मापसे गरेको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा साइकलयात्री कालिका–५ बस्ने वर्ष ४७ को दिल बहादुर तामाङ, साइकल पछाडि सवार सोहि ठाउँ बस्ने वर्ष ४० को विष्णु परियार र स्कुटर चालक रत्ननगर नगरपालिका–११ बस्ने वर्ष ३२ को महेश विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












