चितवन । चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीस्थित बागेश्वरी नजिकै बाटोमा हिँडिरहेको गाईसँग मोटरसाइकल ठोक्किदा मन्दिरका पुजारी घाइते भएका छन् ।
आइतबार बेलुका ७ः४५ बजेको समयमा देवघाटबाट आँपटारीतर्फ आउँदै गरेको बा ५३ प ५६२१ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको थियो ।
गाईसँग ठोक्किएर मोटरसाइकल चालक भरतपुर–१ लिलाचोकस्थित राम मन्दिरमा पुजारीको काम गर्ने वर्ष १९ को राजेश जोशी घाइते भएका हुन् । जोशीको बायाँ हात, खुट्टा र कुममा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि जोशीलाई भरतपुर अस्पताल ल्याइएको छ ।












