चितवन । चितवनको भरतपुरमा नेकपा एमालेको चुनावी सभा सुरु भएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको चुनावी सभालाई एमाले अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपि ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
ओली र एमाले उपाध्यक्ष एवम पुर्व अर्थमन्त्री राम बहादुर थापा भने अझै कार्यक्रम स्थलमा आइपुगेका छैनन् । क्षेत्र न १ का उमेदवार सुरेन्द्र पाण्डे, क्षेत्र न २ का उमेदवार कृष्णभक्त पोख्रेल र क्षेत्र न ३ का उमेदवार दिनेश कोइराला कार्यक्रममा आइपुगेका छन् । विभिन्न पालिकाबाट र्याली आउने क्रम जारी छ ।












