चितवन । अचानक आगलागी भएमा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा शसस्त्र प्रहरीले बालबालिकालाई अभ्यास तालिम दिएको छ । शसस्त्र प्रहरी बल कुरीनटारले बालबालिकालाई अग्नि नियन्त्रणको लागि अभ्यास तालिम दिएको हो ।
शसस्त्र प्रहरी बल कुरीनटारका सब इन्सपेक्टर सुबोध कुमार बुढाथोकीको टिमले अग्नी नियन्त्रणका लागि प्रयोगात्मक विधि सिकाएको हो । कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका करीब ६०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो जसमा करीब २५ देखि ३० जना विद्यार्थीले शसस्त्रको निगरानीमा प्रत्यक्ष रुपमा अभ्यास गरेर अग्नि नियन्त्रण गर्न सिकेका थिए ।

कार्यक्रममा विद्यार्थी मात्र नभई विद्यालयका विभिन्न विभागका कर्मचारीहरुलाई समेत सहभागी गराइएको थियो । लगभग ३ घण्टाको यस कार्यक्रममा विभिन्न विधिका सामग्रीहरु प्रयोगद्वारा अग्नि नियन्त्रण गर्ने विधिका साथै दुर्घटना पश्चात गर्न सकिने प्राथमिक उपचारको विधि सिकाइएको थियो ।













