काठमाडौं । आज दिउँसो ३ः७ बजेको समयमा गएको भूकम्प ५.९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका थिए ।











