चितवन । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइँदै छ ।
नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत औषधी खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।











