चितवन । बलिउड फिल्म उचाईको ट्रेलर सार्वजनिक भएको छ । नेपालको हिमाली क्षेत्र समेटिएको उक्त चलचित्रको ६० प्रतिशत नेपालमा नै छायांकन गरिएको हो ।
ट्रेलरमा अमिताब बच्चन, बोमन इरानी र अनुपम खेरको वृद्ध अवस्थामा पनि सगरमाथा चढ्ने हुटहुटी देखाइएको छ । जसमा उनीहरुलाई सगरमाथासम्म परिणिती चोपडाले पुर्याउने जिम्मा पाएकी छन् ।
टेलरमा नेपाली कलाकारको पनि अभिनय देख्न सकिन्छ। हिमाल, गाउँ, नदी र नेपालको सुन्दर दृश्यसमेत ट्रेलरले समेटेको छ । ढाका टोपी लगाएर कलाकारहरु नाचेको दृश्य समेत ट्रेलरमा देखाइएको छ ।
उक्त फिल्मको निर्देशन सुरज वर्जत्यले गरेका छन् भने फिल्मको निर्माण राजश्री प्रोडक्सनले गरेको हो । फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।












