भरतपुर । बोस्टन इन्टरनेशनल कलेजले हरेक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरणको घोषणा गरेको छ । मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर कलेजले उक्त पुरस्कारको घोषणा गरेको हो ।
आगामी पाँच वर्षमा अनुसन्धान विभागलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने कलेजको लक्ष्य रहृको बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बताए । प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन समेत गर्दै जाने उनको भनाई छ ।
आगामी पाँच वर्षमा दुईसय भन्दा बढी कम्पनीहरुसँग आवद्ध भई विद्यार्थीलाई आवश्यक औधोगिकरणमा लैजाने योजना रहेको कलेजका शैक्षिक कार्यक्रम निर्देशक डा विष्णु परियारले जानकारी दिए ।
यसै वर्षदेखि ९० प्रतिशत विद्यार्थीलाई दीक्षित गराई शतप्रतिशत रोजगारको व्यवस्था गराउने समेत उनले दाबी गरेका छन्।












